क्वारेनटाइनको अभावमा भारतबाट फर्किएका आमा छोरा घरमै, स्थानीय त्रसित

जीवन बनिया

रूपन्देही

भारतको मुम्बईबाट फर्किएका मायादेवी गाउँपालिका रमवापुर, रूपन्देहीका स्थानीय आमा-छोरा क्वारेन्टाइनको अभावमा घरमै बसिरहेका छन्। यता उनीहरू क्वारेन्टाइनमा नजाँदा स्थानीयहरू त्रसित भएका छन्।

मंगलबार मात्र उनीहरू भारतबाट नेपाल आएको र हाल घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको रमवापुरका असइ सुदिप विष्टले जानकारी दिए।

उनीहरू स्वस्थ्य रहे पनि हालसम्म क्नै पनि क्वारेन्टाइनमा राख्न सकिएको छैन। प्रहरीले यसका लागि पहल गरिरहेको छ।

मायादेवि गाउँपालिका ८ बनकसियामा पनि क्वारेन्टाइन बनाइए पनि त्यहाँ बस्ने व्यक्तिले भारतबाट आउने नयाँ व्यक्तिलाई बस्न नदिएको मायादेवि गाउँपालिका चारका वडाधक्ष्य धनपाल मल्लले जानकारी दिए।

उहाँहरूलाई कुन क्वारेन्टाइनमा राख्ने भन्ने विषयमा गाउँपालिकासँग कुराकानी भइरहेको छ’, उनले भने।

यता मायाँदेवि गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद ढुङ्गानाले मायादेवि गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा अहिले खुट्टा राख्ने ठाउँसमेत नभएकाले बाहिरबाट आउने थप व्यक्तिलाई मिलाएर राख्न समस्या भइरहेको बताए।

मायादेवि गाउँपालिकाको अधिकांश वडामा क्वारेन्टाइन बनाइएको भए पनि छुटफुट वडामा क्वारेन्टाइन बनाउने काम सुरू भइसकेको उनले जानकारी दिए।

बुधबार दिउँसो ३ बजेसम्म रूपन्देहीमा १६ जना कोरोना संक्रमित फेला परिसकेका छन्। यसमध्ये १ जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-05-13 15:07:46

प्रतिकृया दिनुहोस्