मेयरले उद्धार गरिरहेका नेपालीलाई सशस्त्र प्रहरीले भारततिरै लखेटेपछि [भिडियोसहित]

नेपाल लाइभ

काठमाडौँ

गोविन्द न्यौपाने

कोरोना भाइरसका कारण विश्व आक्रान्त छ। हजारौं नेपाली विदेशी भूमिमा अलपत्र छन्। सीमा नजिकै आइपुगेर पनि अलपत्र बन्न बाध्य नेपाली श्रमिकलाई सरकारले अझै उद्धार गर्न तदारुकता देखाएको छैन। माडी नगरपालिकाले सीमित स्रोत–साधनका बीच माडी बाहिर रहेका यहाँका श्रमिकहरुको उद्धार गरिरहेको छ। विदेशी भूमिमा अलपत्र माडीबासीहरुको उद्धार गर्न ठूलो चुनौती छ। तरपनि माडी नगरपालिकाको नेतृत्वले प्रयास गरिरहेको छ। 

पहिलो चरणमा विदेशमा रहेका माडीबासीहरुको तथ्याङ्क संकलन कार्य सम्पन्न गरी नगर तथा वडास्तरमा माडीका ९ वटै वडामा १२ वटा क्वारेन्टाइन बनाइएको छ। नगरस्तरीय स्वास्थ्यकर्मीको टिम माडीभर खटिरहेको छ। 

प्रकाशित मिति: : 2020-05-19 19:59:44

प्रतिकृया दिनुहोस्