सीमा विवादबारे वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो भनेर झगडा गर्ने होइन’

नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका भूभागहरु अब फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन्। नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता ल्याउने बताएको छ।

योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन्। तर चर्चित अभिनेत्री वर्षा राउतको एक अभिव्यक्तिको चौतर्फी विरोध सुरु भएको छ।

सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन्।

उनले नेपाल–भारतका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको बताएकी छिन्।  ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन। यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो। यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा गरिरहेका छन्’,उनले भनेकी छिन्।

उनले याे विवादपछि भारतमा रहेका साथीहरुसँग बाेल्न र अगाडि पर्नसमेत लाजमर्दाे भएकाे आशय व्यक्त गरेकी छन्।  ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ,’उनले भनेकी छिन्।

सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइराला सीमाको विषयमा सम्बेदनशील रहेको केही समर्थक बताउदै छन्। तर राउतको अभिव्यक्तिपछि कतिपयले भने देश बाँकी रहे मित्रता अगाडी बढाउदै जाउला भनेर टिप्पणी गरेका छन्। 

साथै उनी जस्तो कलाकारबाट यस प्रकारको प्रतिक्रिया अपेक्षा नगरेको समेत बताएका छन्। 

प्रकाशित मिति: : 2020-05-24 10:40:25

प्रतिकृया दिनुहोस्