कोपिलाको उपचार खर्च जुटाउन रेखाको पहल

Breaknlinks
Breaknlinks

सडक दुर्घटनामा गम्भिर घाइते भएकी कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्।

भारतको पञ्जाबमा भएको दुर्घटनामा घाइते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी हुन्।

एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किने क्रममा कोपिला चढेको कार ब्रेक फेल भएर दुर्घटना भएको थियो। दुर्घटनामा उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ। अहिले पनि उनको कम्मरभन्दा मुनिको शरीर चल्दैन।

कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छिन्। रेखाले सबैलाई सहयोग गर्न पनि आआग्रह गरेकी छिन्। 

उनीसँगै कारमा सवार यात्रु रुपा थापाको मृत्यु भएको थियो।      

प्रकाशित मिति: : 2024-04-06 11:03:00

प्रतिकृया दिनुहोस्