नेपाल पुनर्संरचना किन?
बिएल संवाददाता
प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेपछि बीबीसीको शक्तिशाली महिलाको सूचीमा रहेकी सपना रोका मगरले सामाजिक सञ्जलमार्फत आफ्नो प्रतिकृया दिएकी छिन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार बस्नेतलाई गोंगबुबाट पक्राउ गरेपछि उनले अब सत्यतथ्य कानूनी प्रक्रिया अनुसार बाहिर आउने बताएकी हुन्।
‘धेरै जनाको जिज्ञासा थियो म किन बोली रहेको छैन भनेर। कानून भन्दा माथि हामी कोही पनि थिएनौं । सम्पूर्ण प्रहरी प्रशासनको अर्थक प्रयासपछि विनयजंग बस्नेतलाई पक्राउ गरिएको छ। अब सत्यतत्थ कानुनी प्रक्रिया अनुसार नै बाहिर आउँछ,’ उनले लेखेकी छिन्।
सपानाले आफ्नो चरित्र हत्या गर्न धेरै कोशिश गरेको र कतिपय सफल पनि भएको प्रतिकृया दिएकी छिन्।
‘धेरै नै कोशिश गर्नु भयो मेरो चरित्र हत्या गर्नको लागि। कतिपय त सफल पनि हुनुभयो’, उनले लेख्छिन्, ‘तर सबै जनालाई अवगत नै छ अराजकहरु क्षणिक को लागि विजय हुन्छन् र सत्य ढिलो नै सही बाहिर पक्कै आउँछ।’
बस्नेतले युट्युबमार्फत आफ्नो अश्लिल तस्वीर देखाएर चरित्र हत्या गरिदिने धम्की दिएको भन्दै सपनाले आइतबार जाहेरी दार्ता गराएकी थिइन्।
सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सर्वजनिक भएको थियो।
बिबिसीको सूचीमा चयन भएको केही समयपछि उनीहरुबीच विवाद सुरु भएको थियो। अहिले उनीहरु छुट्टा छुट्टै समूहमा काम गर्दै आएका छन्।
सपनाको जाहेरी पछि प्रहरीले बस्नेतको खोजी सुरु गरिएको थियो।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया