बलिउड अभिनेता किरण कुमारमा कोरोना संक्रमण

बलिउड अभिनेता किरण कुमार कोरोना भाइरस (काेभिड–१९) बाट संक्रमित भएका छन्।  उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।

किरण कुमारले भने, ‘म एउटा सानो परीक्षणका लागि अस्पताल जाँदा कोरोना भाइरसद्वारा संक्रमित भएको थाहा भयो। परीक्षणको प्रक्रिया सुरु हुनुअघि मैले केही प्रारम्भिक परीक्षणबाट गुज्रनु पर्यो। मलाई लाग्छ कि आफ्नो तर्फबाट सावधानी अपनाउँदै उहाँहरुले सुरुवातमा नै कोभिड–१९ को परीक्षण गर्नुभयो। यसमा मलाई पोजेटिभ भएको पत्ता लाग्यो।’

किरणले आफुमा कुनै पनि प्रकारको लक्षण नदेखिएको बताए।  ‘ममा कुनै पनि प्रकारको लक्षण देखिएको थिएन। न खोकी, न ज्वरो, न सास फेर्न समस्या, केही पनि थिएन। म पूर्ण रुपमा स्वस्थ महसुस गरिरहेको थिएँ,’उनले भने।

किरणले आफूले घरभित्र क्वारेन्टाइनमा बसेको बताए।

उनले भने, ‘मैले आफ्नो घरलाई नै क्वारेन्टाइन गरेको छु। मेरो घर दुई तल्ला छ, ठाउँको कुनै समस्या छैन। मेरी श्रीमती र बालबच्चा पहिलो तल्लामा बस्छन् र मैले आफूलाई माथिल्लो तल्लामा आइसोलेट गरेको छु। म २५ वा २६ मे मा पुनः परीक्षण गराउनेछु।’

उनीअघि बलिउडकी गायिका कनिका कपूर, फिल्म निर्माता करिम मोरानी र उनका दुई छोरी, नायक पूरब कोही, नायक फ्रेडी दारुवालाका पिता, नायक सत्यजीत दुबेकी आमासमेत बोनी कपुर र फराह अली खानको घरमा काम गर्ने सहयोगी पनि कोरोना संक्रमित पाइएका छन्।

प्रकाशित मिति: : 2020-05-24 11:57:10

प्रतिकृया दिनुहोस्