बजेटमा ५० हजार डलरमाथिका गाडी : कर बढाउने वा प्रतिबन्ध कायम राख्ने?

नेपाल लाइभ

काठमाडौँ

शिव बोहरा

 सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण पर्यटन तथा निर्यात घटेकाले विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै ५० हजार डलरभन्दा महँगा सवारी खरिद रोक्ने निर्णय गर्‍यो। गत चैत १० को मन्त्रिपरिषद्को निर्णयबाट रोकिएको त्यस्तो सवारी आयात आजपर्यन्त जारी छ। 

तर सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तयारी गरेसँगै यो विषय फेरि चर्चामा आएको छ। अर्थ मन्त्रालयले बजेट निर्माणलाई तीव्रता दिएसँगै उक्त निर्णयलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल थालेको छ। आर्थिक ऐन २०७७ मा ५० हजार अमेरिकी डलरभन्दा बढी खरिद मूल्य भएका सवारी आयातमा कर बढाउने वा आयात प्रतिबन्धलाई कायमै राख्ने भन्ने निर्क्यौल हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ। 

प्रकाशित मिति: : 2020-05-24 20:46:14

प्रतिकृया दिनुहोस्