काइली जेनरलाई फोर्ब्सले अर्बपतिको सूचिबाट हटायाे

वास्तविक सम्पत्तीभन्दा धेरै देखाउने गरेकाे आराेप !

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी रियालिटी टिभी स्टार एवम् उद्यमी काइली जेनरलाई प्रतिष्ठित म्यागजिन फोर्ब्सले अर्बपतिको सूचिबाट हटाएको छ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २२ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी थिइन्। उनको कम्पनी काइली कस्मेटिक्सले सन् २०१८ मा मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको जनाइएको थियो।

तर यो वर्षको सूचि शुक्रबार जारी गरेको फोर्ब्सले सूचिबाट हटाउँदै जेनरको सम्पतीका सम्बन्धमा उनको परिवारले बढाइचढाइ गरेको आरोप लगाएको छ।

चर्चित कार्ड्याशियन परिवारकी सबैभन्दा कान्छी सदस्य काइलीको वास्तविक सम्पत्तीभन्दा धेरै देखाउने गरेकाे फोर्ब्सले उल्लेख गरेको छ।

तर ट्वीट गरेर काइलीले फोर्ब्सको आरोप खारेज गर्दै सो अभियोग असत्य र अप्रमाणित रहेको उल्लेख गरेकी छन्। फोर्ब्सले विश्वका १०० धनी व्यक्तिको सूचिमा उनलाई नराखेको आक्रोश ट्वीटरमा पोखेकी हुन्।

सन् २०१४ मा काइलीले कस्मेटिक व्यापार सुरु गरेकी थिइन्। उनले वेवसाइटको माध्यमबाट कस्मेटिक सामान बेच्दै आएकी छिन्। उनले, सन् २०१८ मा काइली कस्मेटिक्सको ५१ पतिशत शेयर ब्यूटी कम्पनी कोटीलाई बेचेकी थिइन्। उनले ६० करोडमा शेयर बेचेकी हुन्।

१८ मा काइली पहिलो पटक फोब्र्सको सूचीमा अटाएकी थिइन्। जतिबेला उनको कुल सम्पत्ती ९० करोड डलर थियो।
 

प्रकाशित मिति: : 2020-05-30 06:51:19

प्रतिकृया दिनुहोस्