अमेरिकामा नश्लीय विभेदले निम्त्याएको आँधी

नेपाल लाइभ

काठमाडौँ

प्रदीप खद्योत

‘कुनै पनि ठाउँमा भएको अन्याय हरेक ठाउँको न्यायका लागि घातक हुन्छ,’ रंगभेदको विपक्षमा वकालत गर्ने मार्टिन लुथर किङ जुनियरको यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ।

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा एक निहत्था अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडलाई प्रहरीले शारीरिक यातना दिएर हत्या गरेको भन्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेको छ। 

मिनियापोलिसका प्रहरी अधिकृत डेरेक चौभिनले जर्ज फ्लोयडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयविदारक दृश्य सार्वजनिक भएपछि विभिन्न सहरमा विरोध भएको हो। विरोध भएपछि प्रहरीले अत्यधिक रूपमा बल प्रयोग गरिरहेको छ। 

जर्जको घाँटी प्रहरीले थिचिरहँदा निस्सासिरहेको अवस्थामा उनले ‘आइ कान्ट ब्रेथ अर्थात् मैले सास फेर्न सकेको छैन’ भन्दै त्यस्तो नगर्न बारम्बार अनुरोध गरिरहेका थिए। उनले अन्तिम साससम्म भनेको त्यही आग्रह ‘आइ कान्ट ब्रेथ‚ प्लिज लिभ मी’ जस्ता शब्दहरू लेखिएको टेम्प्लेट बोकेर प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। प्रदर्शनलाई शान्त बनाउनका लागि प्रहरीले अश्रुग्यास प्रयोगका साथै कतिपय स्थानमा हवाई फायर समेत गरिरहेको छ।

प्रकाशित मिति: : 2020-06-01 20:28:14

प्रतिकृया दिनुहोस्