मोटरसाइकलमै सेती अस्पताल पुगे कोरोना संक्रमित स्वास्थ्यकर्मी

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको पुर्नवासमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पुर्नवास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएको जानकारी पाएपछि १० मिनेटमै सेती प्रादेशिक अस्पताल पुगेका थिए।

आफ्नै मोटरसाइकलमा उनी अस्पताल पुगेका हुन्। अहिले उनलाइ सेती अस्पतालको आइसोलेसनमा राखिएको छ।

प्रकाशित मिति: : 2020-06-03 08:28:03

प्रतिकृया दिनुहोस्