टिचिङमा मृत्यु भएका कोरोना संक्रमितको अन्तिम संस्कार गरियो

 त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएका ७६ वर्षीय कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ। 

बुधबार मृत्यु भएका दोलखाका उनको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिअनुसार उनको बुधबार साँझ अन्तिम संस्कार गरिएको हो। 

मृतक ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए। उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो। यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।  त्यसपछि त्रिवि शिक्षण अस्पतालमा रिफर भएका उनको सो अस्पतालको आईसीयूमा उपचार भएकोमा बुधबार मृत्यु भएको हो ।

प्रकाशित मिति: : 2020-06-03 23:10:44

प्रतिकृया दिनुहोस्