बारामा २ सेनाका जवानसहित ५ जना कोरोना संक्रमित निको भइ घर फर्किए

बारा र पर्साका ५ जना कोरोना संक्रमित बिहिबार निको भइ डिस्चार्ज भएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पताल गण्डक अस्पतालको आईसोलेशन वार्डबाट बिहिबार ५ जना संक्रमित ११ डिस्चार्ज भएका।

निको भएर घर  फर्कनेमा २ जना नेपाली सेनाका जवान रहेको र बाँकी ३ जना पर्साका संक्रमित भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

उपाध्यायका अनुसार आईसोलेशनमा रहेका उनीहरूको लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएसँगै कोरोना मुक्त भएका हुन्। निको भएका सबै पुरुष छन्।

अझै गण्डक अस्पतालमा २७ जना कोरोना संक्रमितको उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-04 12:11:49

प्रतिकृया दिनुहोस्