नेपालमा बिहिबार एकै दिन थपिए ३३४ जना, कुल संक्रमित २६३४ पुग्यो, मृतकको संख्या १० पुग्यो

बिएल संवाददाता

काठमाडाै‌ं

बिहिबार एकै दिन ३३४ मा कोरोना पुष्टी, थप एकको मृत्यु, जम्मा संक्रमित २६३४

बिहिबार नेपालमा एकैदिन ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरका विभिन्न २१ प्रयोगशालामा गरेको परीक्षणबाट थप ३ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो। उनीहरुमध्ये ३१९ जना पुरुष र १५ जना महिला छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। यसमध्ये २४५० जना पुरुष र १८४ जना महिला छन्।

सोमबार थप पुष्टि भएकाहरू ३३४

स्वास्थ्य मन्त्रालयका अनुसार विराटनगरस्थित कोशी अस्पतालमा भएको परीक्षणमा मोरङ सुन्दर हरैचाका २४ वर्षिय पुरूष छन्।

यस्तै नारायणी अस्पतालको परीक्षणमा एक जनाको पोजेटिभ आएको छ। जसमा पर्सा पोखरीयाका १५ वर्षिय किशोरी छन्।

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएका छ। जसमा झापा, ताप्लेजुङ, मोरङ र सप्तरीका छन्।

प्रादेशिक अस्पताल हेटौडामा गरिएको परीक्षणमा ९ जनामा पोजेटिभ आएको छ। जसमध्ये ७ जना बाराका, सिन्धुली कमलामाईका १ जना र रौतहटका १ जनामा पनि पोजेटिभ देखिएको छ।

पोखरामा भएको परीक्षणमा १६ जनाको पोजेटिभ देखिएको छ। जसमा म्याग्दीका १ जना बागलुङका १० जना र पर्वतका ४ जना छन्, यस्तै स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ३ जनामा पोजेटिभ देखिएको छ। उनीहरू सबै डोटीका छन्।

यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा ४२ जनाको पोजेटिभ आएको छ। उनीहरु सबै बाँकेकै छन्। उनीहरू १५देखि ३५ वर्षसम्मका पुरूष छन्।

यस्तै धुलिखेलमा परीक्षणमा १७ जनाको पोजेटिभ देखिएको छ। उनीहरु सबै कलिवस्तु कृष्णनगरका छन्। उनीहरू १७ देखि ५२ वर्षसम्मका पुरूषहरू छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १५ जनाको पोजेटिभ देखिएको छ। सबै दाङका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १०६ जनामा पोजेटिभ देखिएको छ। जसमा मुगुका एक जना र दैलेखका १०५ जना छन्।

कोशी अस्पतालमा ५ जना। जसमा झापा केचनाकवलका ३ जना र खोटाङ हलेसीका २ जना छन्।

सुर्खेतमा भएको परीक्षणमा दैलेखका ८ जना छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९३ जनाको पोजेटिभ देखिएको छ। जसमा बाराका ५ जना, धनुषाका ६ जना, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४ जना, सर्लाहीका ३ जना छन्।

अहिलेसम्म प्रदेश नम्बर १ मा १ सय ९७, प्रदेश नम्बर २ मा ९ सय ६३, बागमती प्रदेशमा ५९ र गण्डकी प्रदेशमा ५३ जना, प्रदेश नम्बर ५ मा ८ सय ९८, कर्णाली प्रदेशमा ३ सय ८३ र सुदूरपश्चिम प्रदेशमा ८१ जना गरी २ हजार ६ सय ३४ जना संक्रमित भएका छन्।

२९० डिस्चार्ज

देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन्। जम्मा संक्रमितमध्ये २९० डिस्चार्ज  भएका हुन्। जसमध्ये प्रदेश नम्बर १ मा ४८, प्रदेश नम्बर २ मा १ सय १९, बागमती प्रदेशमा ३२ गण्डकी प्रदेशमा ३ जना, प्रदेश नम्बर ५ मा ७९ जना, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी २ सय ९० जना उपचार सकेर घर फर्किएका छन्। जसमध्ये महिला ५६ र पुरूष २३४ जना छन्।

पछिल्लो अपडेट अनुसार १२ जना डिस्चार्ज भएका हुन्। नारायणी अस्पताल वीरगन्जबाट ५ जना , कलैया अस्पताल बाराबाट ७ जना डिस्चार्ज भएका छन्।

१० जनाको मृत्यु

देशभरी गरी २६३४ जना कोरोना संक्रमितमध्ये बिहिबासम्म १० जनाले ज्यान गुमाएका छन्।

१०. पाल्पाका ४५ वर्षिय पुरूषको बिहिबार कोरोनाबाट मृत्यु भएको छ। भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा रहेकै बेला स्वासप्रस्वासमा समस्या भएसँगै मिसन अस्पतालमा भर्ना भएका थिए। मंगलबार उनको मृत्यु भएको थियो। उनको श्वासको परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

९. दोलखा भीमेश्वर नगरपालिका २, तिखातलका ७६ वर्षीय वृद्ध कोरोना संक्रमणका कारण मृत्यु भएको हो। हिँडडुल गर्न नसक्ने ती वृद्धलाई उच्च रक्तचाप देखिएपछि स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण जेठ ११ गते काठमाडौं रिफर गरिएको थियो। सुरुमा उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) ल्याइएको थियो। त्यहाँ उनको न्यूरो सर्जरी समेत गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

८. दैलेखका ३५ वर्षीय युवक छन्। दैलेखको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा ३५ वर्षीय पुरुषको (शनिवार) मृत्यु भएको थियो। उनी १० दिन अघि मात्र भारतबाट फर्किएका थिए। क्वारेन्टाइनमा एक्कासी ढलेर मृत्यु भएका उनको जेठ १५ गते कोरोना परीक्षणको लागि स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा कोरोना पुष्टि भएको थियो।

७. बाजुराकी २ वर्षीया बालिकाको शनिबार राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनी बाबु आमासहित भारतबाट नेपाल आएकी थिइन्। उनलाई स्वास्थ्यमा समस्या आई जेठ १५ गते उपचारका लागि बाजुरा अस्पताल भर्ना भएकी थिइन् । मृतक बालिका बाजुराको बुढीगंगा नगरपालिका–१ की हुन्।

६. अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षिय पुरूषको कोरोना संक्रणबाट मृत्यु भएको थियो। उनको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको थियो।  गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

५. कोरोना भाइरस संक्रमणका कारण बुधबार ललितपुरको बुंगमतीका ५७ वर्षीय पुरूषको मृत्यु भएको थियो। मृत्यु भएका व्यक्ति कलेजोका बिरामी थिए। उनी जेठ ११ गते अस्पताल भर्ना भएका हुन्। उनको स्वाब यही जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो। उक्त परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो।

४. वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका-७ एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको थियो। ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। नारायणी अस्पतालमा ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको थियो।

३. गुल्मीका ४१ वर्षिय पुरूषको निधन कोरोना संक्रमणबाट भएको थियो। जेठ ५ गते सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए।

२. बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। जेठ ४ गते मृत्यु भएका उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो। उनको आइतबार विहान ६:४० बजे मृत्यु भएको थियो। मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

१.  सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु नेपालमा पहिलो कोरोना संक्रमित मृत्यु हो। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

२३३५ आइसोलेसनमा

देशभरी गरी २६३४ जना कोरोना संक्रमितमध्ये २९० जना डिस्चार्ज र १० जनाको मृत्यु भएका छन् भने २३३५ जना आइसोलेसनमा रहेर उपचार गराइरहेका छन्।

जसमध्ये प्रदेश नम्बर १ मा १४९, प्रदेश नम्बर २ मा ८ सय ४३, बागमती प्रदेशमा २४ गण्डकी प्रदेशमा ५० जना, प्रदेश नम्बर ५ मा ८ सय १६ जना, कर्णाली प्रदेशमा ३८० र सुदूरपश्चिम प्रदेशमा ७३ जना गरी २ हजार ३ सय ३५ जना उपचाररत छन्।

२०९६९८ परीक्षण

नेपालमा बिहिबारसम्म २ लाख ९ हजार ६ सय ९८ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये पीसीआर विधिबाट ८४ हजार १ सय ३४ र आरडिटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय ६७ र आरडिटी ५ हजार १ सय ८५ जनाको नमुना परीक्षण भएको छ।

प्रदेश अनुसार आरडिटी परीक्षण गरिएका मध्ये प्रदेश १ मा १२ हजार ७ सय ४९, प्रदेश २ मा ७ हजार ७ सय ७९ जना, बागमतिमा २६ हजार ५१ जना, गण्डकीमा ८ हजार ९ सय १८ जना, प्रदेश ५ मा २८ हजार २ सय ९६, कर्णाली प्रदेशमा १५ हजार ८ सय ३१ र सुदूरपश्चिम प्रदेशमा २४ हजार ९ सय ४० जनाको परीक्षण गरिएको छ।

प्रकाशित मिति: : 2020-06-04 16:31:31

प्रतिकृया दिनुहोस्