बाँदरमुढे घटनाको १५ वर्ष : अझै टुंगिएन न्यायको लडाइँ

१५ वर्षअघि माडीको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही पक्षले सर्वसाधारण चढेको गाडीमा बम विस्फोट गरायो। तत्कालिन माओवादी कार्यकर्ताले विद्युतीय धराप विस्फोट गराउँदा ३४ जना सर्वसाधारण र तीन सुरक्षाकर्मीसहित ३७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

पछि थप ५ जनाको मृत्यु भयो, ७० जना घाइते छन्। उक्त घटनाको आज शुक्रबार १५ वर्ष पुरा भएको छ। बाँदरमुडे खोलामा ना १ ख ३२४५ नं. को बसमा ०६२ जेठ २३ मा विस्फोट भएको। जेठ २३ सो दिनले माडीबासीलाई वर्षेनी झस्काउने मात्र हैन, नमिठो पीडा दिने गरेको छ। बिनाकारण ज्यान गुमाएपछि माडीबासीले सुरु गरेको न्यायको लडाइँ अझै पुरा भएको छैन।

घटनाका पीडितले अझै पनि न्याय मागी रहेका छन। बाँदरमुढे खोलामा स्मारक बनेको छ। पीडित उक्त स्थानमा शोकसभा गरेर फर्किन्छन्। वर्षेनी यो क्रम चल्दै आएको छ। न्यायको बदलामा पीडा अनुभूति हुने घाइतेहरु दुःखेसो गर्छन्। घटनाका विषयमा कसैले सोधे पनि दिक्क मान्छन्, पुरानो घाउ बल्झाएको भन्दै कति त झर्किन्छन्। घटना विर्सन नसक्दा पीडा हुने गरेको उनीहरु बताउँछन्।

 

प्रकाशित मिति: : 2020-06-05 08:33:20

प्रतिकृया दिनुहोस्