लकडाउन खुकुलो बनाउने बाँके प्रशासनको निर्णय दुई दिन पनि टिकेन !

लकडाउन खुकुलो बनाउने आफ्नो पूर्ववत निर्णयबाट जिल्ला प्रशासन कार्यालय बाँके पछि हटेको छ। 

दुई दिन अघि बाँके प्रशासनले एक सूचना जारी गर्दै लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि खुकुलो बनाउने निर्णय गरेको थियो। 

प्रशासनले आवश्यक स्वास्थ्य सुरक्षासहित विकास निर्माणदेखि बजार उद्योग ,कलकारखाना खोल्ने निर्णय गरेसँगै बजारमा मानिसहरुको थामिनसक्नु भीड लाग्न थालेको छ। 

कोरोना ‘हटस्पट’ क्षेत्रको रुपमा रहेको बाँकेमा लकडाउन नै बिर्साउने खालका गतिविधि हुन थालेपछि संक्रमणको जोखिम बढेकाे भन्दै प्रशासन कार्यालयकाे चौतर्फी  विरोध हुन थालेपछि पूर्ववत निर्णयबाट पछि हट्न बाध्य भएको हो।

शुक्रबार पुनः अर्का सूचना जारी गर्दै लकडाउन थप कडा बनाइने निर्णय मात्रै गरेन बारअनुसार व्यवसाय सञ्चालन गर्ने आफ्नै निर्णयसमेत खारेज गरेको छ।  

सहायक प्रमुख जिल्ला अधिकारीद्ध दीर्घराज उपाध्यायद्धारा हस्ताक्षरीत सूचनामा जेष्ठ २१ गते सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णयअनुसार तालिकाअनुसार बजार सञ्चालन गरिएकोमा जिल्लाभरी स्वास्थ्य प्रोटोकल अनुसार नभएको भन्दै  ११ देखि ३ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख गरिएको गरिएको छ।

बाँकेमा अहिलेसम्म आठ मध्ये सात पालिकामा २ सय २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  शुक्रबार मात्रै १२ जनाले कोरोना जितेर घर फर्किएका छन्। 

यो सँगै कोरोना जितेर घर फर्किएको संख्या ४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। यस्तै यहाँ एक जनाको मृत्यु पनि भएको छ।  बाँकेको कोहलपुर नगरपालिकामा भने अहिलेसम्म कोरोना संक्रमण भेटिएका छैनन्।

यता भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग प्रभावकारी लकडाउन, विकास निर्माण निर्वाध सञ्चालन र सहजिकरण र कालोबजारी नियन्त्रण आफ्नो प्रथामिकता रहेको बताइरहेका छन्।  

प्रकाशित मिति: : 2020-06-05 18:13:24

प्रतिकृया दिनुहोस्