बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाका कारण निधन

बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको निधन भएको छ ।

७७ वर्षीय अनिलकाे कोरोना भाइरसको संक्रमणका कारण बिहीबार राती ७ बजे निधन भएको हो ।

अनिलको अन्तिम संस्कार शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको हो । त्यतिबेला परिवारका चारजना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पीपीई किट लगाएका थिए ।

अनिल सुरीले राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्मको निर्माण गरेका थिए ।

 

प्रकाशित मिति: : 2020-06-06 09:33:53

प्रतिकृया दिनुहोस्