भाेलिदेखि मालपोत कार्यालय खुल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

आइतबारदेखि मालपोत कार्यालय खुल्ने भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत/भूमिसुधार शाखाले सूचना निकालेर मालपोत कार्यालय खुल्ने जानकारी दिएको हो।

‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन’, सूचनामा भनिएको छ।

कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयसम्म बन्द थियो।

प्रकाशित मिति: : 2020-06-06 15:59:41

प्रतिकृया दिनुहोस्