अमेरिकामा दंगा : जातीय विभेदले ल्याएको समस्या

लोकान्तर

काठमाडौँ

विन्देश दहाल

अमेरिकामा काला जातिका पुरुष जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएपछि गरेको हत्याका कारण अहिले दंगा तथा अशान्तिको स्थिति छ । कालाजातिका मानिसको जीवनको महत्त्व छ (ह्याशट्याग ब्ल्याकलाइभ्सम्याटर) नारा दिँदै प्रहरी ज्यादतीविरुद्ध विरोध प्रदर्शन तथा दंगा भइरहेका छन् । बेलायत, फ्रान्स, अस्ट्रेलिया लगायतका मुलुकमा पनि जातिविभेदविरुद्ध विरोध प्रदर्शन भइरहेका छन् । अमेरिकामा दंगाका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

दंगा नियन्त्रण गर्नका लागि प्रहरीले थप ज्यादती गरिरहेका खबर पनि आइरहेका छन् । न्युयोर्कमा ७५ वर्षीय एक विरोधकर्तालाई प्रहरीले धकेलेर लडाउँदा उनको टाउको फुटेर उनी घटनास्थलमै बेहोश भएको र अस्पताल पुर्‍याउनुपरेको छ । त्यसमा संलग्न दुई प्रहरी अधिकारीलाई निलम्बन गरिएपछि उनीहरूका सहकर्मी बफलो प्रहरी विभागका ५७ अधिकारीले सामूहिक राजीनामा दिएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेका अन्य भिडियोहरू पनि भाइरल भइरहेका छन् ।

प्रकाशित मिति: : 2020-06-07 12:26:11

प्रतिकृया दिनुहोस्