आइतबार नेपालमा थप २१३ मा कोरोना पुष्टि, जम्मा संक्रमित ३४४८ जना

नेपालमा आइतबार एकै दिन २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफीङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले आज थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन्। यो सँगै कुल संक्रमितको संख्या ३४४८ रहेको छ।

प्रवक्ता डा देवकोटाका अनुसार आज थपिएका २१३  मध्ये २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो। नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ।

हालसम्म पीसीआर विधिबाट ९६ हजार २ सय ५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।

प्रकाशित मिति: : 2020-06-07 16:28:43

प्रतिकृया दिनुहोस्