पर्सा जिल्ला अदालतद्धारा असार १ गतेबाट २० बुँदे निर्णय अनुसार थप सेवा सुरू गर्ने

पर्सा जिल्ला अदालतले लकडाउन तथा कोरोना भाईरसका कारण अवरूद्ध भएका थप २० वटा सेवाहरु अगामी असार १ गतेबाट सुचारू गर्ने भएको छ।

कोरोना भाईरसबाट सिर्जित विषम परिस्थितमा पनि संकमणको जोखिमलाई न्यूनिकरण गरी न्यायिक कार्यको निरन्तरता दिने उद्देश्यले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको पत्रानुसार बन्दावन्दीको समयमा पर्सा जिल्ला अदालतबाट असार १ गतेदेखि लागू हुने गरी  निम्न २० वटा कामहरु गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाइएको छ ।

१. संक्रामक रोग सम्बन्धी ऐन अनुसारका मुद्दाको निवेदन वा उजुरी दर्ता र सुनुवाई कार्य प्रत्येक दिन आवश्यकता अनुसार इजलास गठन गरि कार्य सम्पादन गर्न सकिने ।

२. सरकारवादी मुद्दाहरुको अभियोग दर्ता गर्ने र प्रतिवादीको वयान गराई थुनछेक आदेशका कार्यलाई निरन्तरता दिने ।

३. मुलुकी फौजदारी कार्यविधी सहिता, २०७४ को दफा १५५ अनुसारको निवेदन दर्ता र सुनुवाईको कार्यलाई निरन्तरता दिने।

४ नावालकलाई अभिभावकको जिम्मा लगाउने सम्बन्धी निवेदन दर्ता र सुनुवाईलाई निरन्तरता दिने ।

५, जेष्ठ नागरिकको कैद छुट सम्बन्धी निवेदनको दर्ता र सुनुवाई गर्ने ।

६ अन्तरिम राहतको दावि रहेका घरेलु हिंसा, माना चामल चा भरण पोषण सम्बन्धी मुद्दाका पक्षहरु सुनुवाईका लागि निवेदन लिई उपस्थित भएमा सुनुवाई गर्ने ।

७ दुबै पक्षको निवेदन परेमा ७५ वर्ष नाघेका जेष्ठ नागरिक सँग सम्बन्धित र शारीरिक एवं मानसिक रुपमा पूर्ण असक्षम व्यक्ति संग सम्बन्धित मुद्दाहरु र तत्सम्बन्धित निवेदनको सुनुवाई गर्ने ।

८. यस अघी दर्ता भएका मुद्दामा रोक्का वा फुरुवाको माग गरि निवेदन दर्ता भएको भए सम्वन्धित पक्षहरु सो सम्बन्धमा कारबाही गरी पाउँ भनि निवेदन लिई उपस्थित भएमा त्यस्ता रोक्का फुकुवा सम्बन्धी निवेदमा कारवाही गर्ने ।

९.थुनुवामात्र भएको अङ्ग पुगेका सरकारवादी फौजदारी मुद्दाको सुनुवाई गर्ने ।

१० थुनुवा भई अंग पुगेका सरकारवादी मुद्दाहरु मध्ये एउटै मुद्दामा कोही थुनामा रहेका र कोही तारेखमा रहेछन् भने तारेखमा रहेका सबै पक्षहरु समेत उपस्थित भई सुनुवाई गरिपाउँ भनि माग गरि निवेदन गरेमा सुनुवाई गर्ने।

११ अधिकृत वारेशनामा प्रमाणित एवं विवाह दर्ता सम्बन्धी निवेदनका कार्य प्राथमिकता निर्धारण गरि गर्ने।

१२ मिलापत्र तथा मुद्दा फिर्ता सम्बन्धी निवेदनका कार्य अदालतले प्राथमिकता निर्धारण गरि सो अनुरुप गर्ने

१३. बन्दाबन्दी पूर्व भएका फैसला अनुसारका कैद जरिवानाका लगत कम्प्यूटरकृत गर्ने।

१४ अभियोगका साथ प्राप्त दसीका सामान निवेदन आएको बखत फिर्ता गर्ने र दसी एवं जिन्सी सामान का लिलाम सम्बन्धी कार्यहरु गर्ने ।

‍१५ तहशिल शाखामा कारवाहीका अवस्थामा रहेका निवेदन फिर्ता तथा मिलापत्र सम्बन्धी कार्य गर्ने ।

१६ अभिलेख शाखामा मिसिल धुल्याउने र कम्प्यूटर इन्ट्री गर्ने ।

१७ बन्दाबन्दी पूर्व फैसला भएका फैसलाको पूर्णपाठ तयार गर्ने तथा बन्दाबन्दीको समयमा भएका फैसलाको पूर्ण पाठ तयार गर्ने ।

१८. बन्दावन्दी पूर्व कसुर कायम भई सजाय निर्धारण हुन बाँकी रहेका मुद्दामा थुनामा रहेका प्रतिवादीको सजाय निर्धारण गर्ने ।

१९ फैसला अनुसार सदरस्याहा गर्नुपर्ने धरौटी सदरस्याहाका लागि लेखा शाखालाई जानकारी गराउने सम्बन्धी कार्य गर्ने ।

२० फरार प्रतिवादी कोरना कोभिड १९ भाइरसको पि.सि.आर परिक्षण साथ उपस्थित भएको खण्डमा हाजिर गराई थुनछेक सम्बन्धी कार्य गर्ने ।

यसअघि नै बन्दाबन्दीको समयमा निरन्तर रुपमा  सम्पादन हुँदै आएका र केही थप यि २० वटा कार्यहरु सम्पादन हुने पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-09 17:49:30

प्रतिकृया दिनुहोस्