टी-२० विश्वकपको निर्णय अर्को महिना हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसै वर्ष हुने पुरुष टी-२० र महिला ओडिआई  विश्वकपबारे अन्तिम निर्णय अर्को महिना गर्ने भएको छ। 

भिडियो च्याटबाट बुधबार बसेको आईसीसीको कार्यकारी अधिकृतको  बैठकले विश्वकपसहित अन्य महत्वपूर्ण विषयबारेको निर्णय अर्को महिनाको बैठकबाट तय गर्ने निर्णय गरेको हो।

पुरुष टी-२० यसै वर्ष अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने तय थियो। तर कोरोना महामारीले गर्दा विश्वकप हुने नहुने अन्योल छ। 

विश्वभर अहिले कोरोना महामारीको त्रास रहेकोले अष्ट्रेलियामा हुने पुरुष टी-२० विश्वकपको अन्योलतबारे ठोस निर्णय अर्को महिना गरिने छ। 

आईसीसीले कोरोनाले गर्दा उत्पन्न समस्याबीच विश्वकप आयोजनामा लागि योजनाहरु बनाइरहेको जनाएको छ। 

विश्वकपमा संग्लग्न सबैको स्वास्थ्य र सुरक्षाका लागि सरकार र सरोकारवालासँग छलफल गरिरहेको पनि आईसीसीले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-11 06:47:00

प्रतिकृया दिनुहोस्