लकडाउनको मोडालिटी फेरियो, सार्वजनिक यातायात नचल्ने, निजीमा जोर विजोर लागू

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार अब एकल चालक रहनेगरी मोटरसाइलक तथा साइकल सञ्चालनमा आउनेछन्।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सामाजिक दूरीसहित स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन हुने जानकारी दिए।

कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछ ।

सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ ।

निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ। उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ।

 ‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने । व्यक्तिलाई मास्क लगाएर पैदल यात्रा गर्न रोक नलगाइने खतिवडाले जानकारी दिए।

उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।

सपिङ मल सञ्चालनमा नआउने सरकारको निर्णय छ। आधारसमेत सबै प्रकारका ढुवानी सेवा सञ्चालनमा आउनेछन्।

असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।

यी क्षेत्रमा भयो लकडाउन खुकुलो

  • स्वास्थ्य सेवा (निजी क्ल्निकसमेत)

  • कृषि उत्पादनदेखि वितरणसम्म

  • उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने

  • सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने

  • व्यक्तिको पैदल आवागमन खुला

  • साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने

  • उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी जोरबिजोर प्रणाली लागू हुने

  • फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने

  • बैंक तथा वित्तीय संस्था

  • नर्सरी र वनजन्य उद्यमहरु

  • विकास आयोजनाहरु

  • रेस्टुरेन्टबाट खान लैजान (टेक अवे)

  • क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने

  • सरकारी कार्यालयहरु

  • शिक्षण संस्थाका कार्यालय

  • गैरसरकारी संस्थाका कार्यालयहरु

  • सार्वजनिक तथा जोरबिजोर प्रणालीमा लागू हुनेगरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी

यी क्षेत्र पूर्णत बन्द हुन्छन्

प्रकाशित मिति: : 2020-06-11 17:43:36

प्रतिकृया दिनुहोस्