राजा त्रिभुवनकी छोरी पूर्वअधिराजकुमारी नलिनीको निधन

राजा त्रिभुवनकी छोरी पूर्वअधिराजकुमारी नलिनी राज्यलक्ष्मीदेवी सिंहको निधन भएको छ।

तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा बिहीबार  नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या रहेकाे पारिवारिक स्रोतले बताएकाे छ। 

उनी भारतको कश्मिरस्थित पुन्छ राज्यकी राजमाता हुन्। त्यहाँका तत्कालीन राजासँग नलिनीको विवाह भएको थियो।

राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो।

प्रकाशित मिति: : 2020-06-12 09:59:16

प्रतिकृया दिनुहोस्