सीपीएल अगष्टदेखि सुरू हुने, खेलाडीको तलबमा ३० प्रतिशतसम्म कटौती

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अगष्ट १८ देखि १० सम्म आयोजना गरिने तयारी भएको छ। तर लिगका लागि सरकारको अनुमति लिनुपर्नेछ।

खेलहरु क्लोज डोरमा गराउने तयारी छ। यस्तै २०१९ को तुलनामा खेलाडीहरुको तलबमा पनि ३० प्रतिशतसम्म कटौती हुने छ।

२० हजार डलर भन्दा कम तलब हुने खेलाडीको भने तलब कटौती हुने छैन। ३० हजार डलरमाथि तलब हुने खेलाडीको ३० प्रतिशत कटौती गर्दा २० हजार भन्दा माथिको १० प्रतिशत तलब काटिनेछ।

म्याच अफिसियलहरुको पनि ३० प्रतिशतसम्म तलब कटौती हुने सम्भावना छ। सबै खेलाडीहरु मेडिकल एड्भाइजरी कमिटीले तयार पारेको टुर्नामेन्ट होटलमा बस्नुपर्नेछ।

सीपीएल अपरेसन म्यानेजर माइकल हलले ट्रिनिडाड एण्ड टोबागो सरकारबाट टुर्नामेन्ट गर्नको लागि अनुमति लिन बाँकी रहेको र अर्को हप्तासम्म हुने जनाएका छन्। तर सीपीएल हुन्छ भने ट्रिनिडाड एण्ड टोबागोमै हुने लेखेको  छन्। 

उनले क्यारेबियन क्षेत्रमा यही राष्ट्र कोरोना भाइरस महामारी रोक्न सबैभन्दा सफल राष्ट्र भएको भन्दै उनले त्यसो भनेका हुन्। उनले त्यहाँ अप्रिल ३० यता १ मात्र केस देखिएको र अहिलेसम्म जम्मा ११७ केस मात्र देखिएको जनाएका छन्।

यस्तै हलले टुर्नामेन्ट पिरियड अगष्ट १ देखि सेप्टेम्बर १२ सम्म रहने र पहिलो खेल अगष्ट १८ मा सुरु भएर सेप्टेम्बर १० मा सकिने बताएका छन्।

प्रकाशित मिति: : 2020-06-13 06:45:57

प्रतिकृया दिनुहोस्