क्रिकेटर साहिद अफ्रिदीमा देखियो कोरोना संक्रमण

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अफ्रिदीले शनिबार आफू संक्रमित भएको पुष्टि गरको हुन्।

अफ्रिदी कोभिड–१९ बाट संक्रमित हुने क्रिकेट दुनियाँकै पहिलो ठूला सेलिब्रेटी समेत हुन्। 

‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ। मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ। दुग्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’ उनले ट्वीट गरेका छन्।। 

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२ हजार नाघिसकेको छ र २५ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। 

प्रकाशित मिति: : 2020-06-13 15:50:47

प्रतिकृया दिनुहोस्