बिएमडब्लू सेभेन सिरिज आयात : कार छुटेको १८ दिनपछि लक्ष्मी प्रिमियमले तिर्‍यो पूरा कर

नेपाल लाइभ

काठमाडौँ

शिव बोहरा

कानुन विपरीत ५० प्रतिशत अन्तःशुल्क छुटमा भित्रिएको बिएमडब्लू सेमेन सिरिज कार आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले सम्पूर्ण कर तिरेको छ। आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले आइतबार कानुनसम्मत सिर्जना हुने कर दायित्व भुक्तानी गरेको हो। कार भन्सार जाँचपास भएको १८ दिनपछि कम्पनीले कर बुझाएको छ। 

भन्सार जाँचपासका क्रममा ३० प्रतिशत अन्त:शुल्क तिरिएकोमा यसलाई सच्याउँदै कम्पनीले ६० प्रतिशत अन्त:शुल्क तिरेको छ। आयातकर्ताले आइतबार ६३ लाख १२ हजार ११ रुपैयाँ थर कर रकम सरकारलाई बुझाएको छ। वीरगञ्ज भन्सार हुँदै भित्रिएको यो गाडी जाँचपासका क्रममा ४० प्रतिशत भन्सार, ३० प्रतिशत अन्तशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक मर्मत दस्तुर लगाइएको थियो। 

प्रकाशित मिति: : 2020-06-14 14:18:09

प्रतिकृया दिनुहोस्