नेपाली काग्रेस पर्साद्धारा ९ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाली कांग्रेस पर्साले ९ बुँदे मागसहितको पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

कांग्रेस पर्साका सभापति अजय द्विवेदीको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत मंगलवार सो ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा महामारीको जोखीम तिब्र रुपमा बढ्दै जाने साथै  कोभिड नियन्त्रणमा सरकार लाचार तथा असफल देखिएको जनाइएको छ ।

पत्रमा सरकारले मानवीव संवेदनशिलताको ख्याल नगरी पीसीआर परीक्षण सुस्त गतिमा हुनु, मापदण्ड विपरित क्वारेन्टाइनको निर्माण गरी उल्टै संक्रमित बढाउँदै गएको जनाइएको छ ।

सो ९ बुँदे ज्ञापनपत्रमा स्वास्थ्य सामाग्रीमा व्यापक अनियमितता गरेकोले छानबिन तथा कोभिडसँग लड्न ठोस नीति ल्याउनुपर्ने माग गरिएको छ। लामो समयको बन्दाबन्दीले उद्योग, व्यवसाय, पर्यटन, कृषि, रोजगारीलगायतको क्षेत्रमा सरकारले स्पेसल राहत प्याकेज ल्याई पुनर्उथ्थान गर्नुपर्ने माग गरिएको छ।

विद्यार्थी, किसान, अपाङ्ग, बेरोजगार युवा, एकल महिलाका लागि पनि सरकारले हालसम्म केही नगरेको राहत र खानाको अभावमा नेपाली जनता दिनानुदिन भोकभोकै मर्न थालेकोले सरकार गम्भीर नभएको पुष्टि  गरेको कांग्रेसको तर्क छ ।

किसानको लागि, बीउ, मल र उत्पादनलाई बजारीकरण गर्नमा पनि बन्दाबन्दीमा सरकारले ध्यान नदिँदा हजारौं किसान प्रभावित भएको कांग्रेस पर्साका सचिव श्याम पटेलले बताए।

कांग्रेसले पर्साको लाईफलाइनको रूपमा रहेको पद्म रोड अन्तर्गतको तिलावे पुलको काम ७ बर्षदेखि कछुवाको गतिमा भइरहँदा हजारौं जनताले डाइभर्सनबाट आउजाउ गर्दा सास्ती खेप्नुपरेको हुनाले छिटो काम पूरा गराउन माग गरिएको छ। लकडाउन अवधीको सबै प्रकारको कर, महसुल र बैंकको ब्याज पनि सरकारले माफ गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति: : 2020-06-16 15:53:36

प्रतिकृया दिनुहोस्