करणकाे नजिक रहेर काम गर्ने आलियाकाे इन्स्टाग्राममा घटे ९ लाख फलोअर्स

नायक सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र ग्रुपिज्मको मुद्दा फेरि चर्किएको छ। बलिउडमा करण जौहरले सबैभन्दा धेरै परिवारवाद चलाएको आरोप दर्शकको छ।

करणकाे नजिक रहेकी नायिका आलिया भट्टकाे पनि सबैभन्दा धेरै आलोचना भैरहेको छ।

सुशान्तलाई आत्महत्या गर्न उकासेको भन्दै  निर्माता निर्देशक करणविरूद्ध  मुद्धा दर्ता भएपछि उनका नजिक रहेर काम गर्नेहरुलाई सामाजिक सञ्जालमा बहिस्कार गरिन थालिएकाे छ,जसकाे शिकार भएकी छिन् अलिया। 

आलियाको इन्स्टाग्राममा ४ करोड ८९ लाखको हारहारीमा फलोअर्स थिए। तर, सुशान्तको निधन भएसँगै उनको फलोअर्स अहिले ४ करोड ८० लाख पुगेका छन्। 

आलियाले सुशान्तलाई अन्तिम श्रद्धाञ्जली दिँदै पोष्ट गरेको एक तस्वीरमा ३ लाख ७३ हजार भन्दा बढी प्रतिक्रिया आएको छ। जहाँ, उनलाई गाली गर्नेको संख्या धेरै छ। आलियाले कैयौ प्रतिक्रियाहरु हटाएकी छिन्।

अधिकांशले बलिउडमा ‘परिवारवाद’लाई महत्व दिएको भन्दै आलियाको चर्को आलोचना गरेका छन्। 

स्मरण रहाेस् सुशान्तको निधनलाई लिएर बिहार राज्यको मुजफ्फरपुरमा सलमान खान र करणविरूद्ध मुद्धा परेको छ। 

मुजफ्फरपुरका वकिल सुधीर कुमार ओझाले बलिउडका सुपरस्टार सलमान तथा निर्माता निर्देशक करणविरूद्ध आत्महत्या गर्न उकासेको भन्दै मुद्धा दर्ता गरेका हुन्। 

यी दुईविरूद्ध भारतीय दण्ड संहिता कानुनअन्तर्गत दफा ३०६, १०९, ५०४ र ५०६ को मुद्धा दर्ता गरिएको हो। 

अदालतले ३ जुलाईमा मुद्धा हेर्ने बताएको छ। सुशान्तको आत्महत्यामा बलिउडका अन्य कलाकार आदित्य चोपडा, शाजिद नाडियावाला, सञ्जय लीला भन्साली, एकता कपुर, दिनेश विजया, टि–सिरिजका भूषण कुमारविरूद्ध पनि मुद्धा दर्ता भएको छ।

प्रकाशित मिति: : 2020-06-18 10:19:38

प्रतिकृया दिनुहोस्