एसइईको मूल्यांकन एक महिनाभित्र सकिन्छ : गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

डिबी खड्का

सरकारले यो वर्षका लागि एसइई नलिने भएको छ। कोरोना महामारीको कारण विद्यालय बन्द भएपछि सरकारले वैकल्पिक शिक्षण पद्धतिबाट पढाउने निणर्य पनि गरिसकेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकामा स्रोत र साधनको उपलब्धताको आधारमा पठनपाठन अघि बढाउन प्रदेश, स्थानीय सरकारलाई समन्वय गरी अघि बढ्न निर्देशन दिएको छ। वैकल्पिक शिक्षण विधिबाट कसरी पढाइ हुन्छ? परीक्षा रोकिएका कक्षा ११ र १२ र उच्च शिक्षाको परीक्षा कहिले हुन्छ जस्ता विषयमा आधारित रहेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलसँग नेपाल लाइभका डिबी खड्काले गरेको कुराकानीको सम्पादित अंशः

सरकारले वैकल्पिक शिक्षण विधिबाट पढाइ सुरु गर्ने भएको छ। अब यो कसरी अगाडि बढ्छ?
विश्वव्यापी महामारी कोभिड-१९ को असर नेपालमा पनि पर्‍यो। यसले प्रभाव नपारेको कुनै क्षेत्र छैन। यो स्थितिमा वैकल्पिक शिक्षण विधि खोज्नुपर्नेमा हामी पुग्यौं। विश्वविद्यालयहरुलाई अनलाइन पढाउन भनिसकेका छौं। विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्या ठूलो भएको कारण अहिलेको अवस्थामा विद्यालयमा पढाइ सम्भव पनि भएन। मनोवैज्ञानिक समस्या पनि कम गर्न हामीले वैकल्पिक शिक्षण विधिमा गएका हौं।

प्रकाशित मिति: : 2020-06-19 11:55:20

प्रतिकृया दिनुहोस्