बर्खामा डुबान, हिउँदमा सुख्खा

भारतले सीमा क्षेत्रमा एकलौटी बाँधैबाँध र तटबन्ध बनाएकाले तराई–मधेश हरेक बर्खामा डुब्छ। हिउँदमा पानी सबै उतै लैजाँदा नेपाली जग्गा जमिन बाँझै रहन्छन्।

नेपालको पश्चिमबाट पूर्वी सीमासम्म भारतले बनाएका बाँध र तटबन्ध २१ वटा पुगिसकेका छन्। ३० मिटर चौडा १७ सय ५२ किलोमिटर सडक बनाएको छ। राष्ट्रिय मानवअधिकार आयोगले यसलाई नेपाल ‘थुन्ने प्रयास’ का रूपमा लिँदै गहन अध्ययन गरी प्रतिवेदन बनाएको छ।

बाँध, तटबन्ध र ३ देखि ७ मिटर उचाइका सडकका कारण बर्खाको बाढी यतै फर्किन मद्दत पुगिरहेको छ। त्यही कारण नेपाली बस्ती डुबानमा पर्छन्।

आयोगको प्रतिवेदनअनुसार भारतले नेपालसँगको सीमानजिक टनकपुर, शारदा, कैलाशपुरी, लक्ष्मणपुर, कोइलाबास, महलीसागर, रसियावाल खुर्दलोटन, डन्डाफरेना, गण्डक, सप्तकोसी र लुनालगायत बाँध निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ। बाँध, तटबन्ध र सीमा सडकका कारण नेपालतर्फ तराई÷मधेसको सीमावर्ती ठूलो भूभाग डुबानमा पर्दै आएको छ। त्यसबाट लाखौं नेपाली प्रभावित छन्। भारतको यस्तै भौतिक संरचनाका कारण सीमावर्ती क्षेत्रमा नदीनालाको प्राकृतिक बहाव रोकिन गई डुबान, कटान, पटान भई धनजनको क्षति हुने गरेको छ।

प्रकाशित मिति: : 2020-06-22 09:04:38

प्रतिकृया दिनुहोस्