नेपालमा कोरोना संक्रमण १० हजार नाघ्यो, पछिल्लो २४ घन्टामा ५३८ थपिए

नेपालमा कोरोना भाइरसको संक्रमण १० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको हो।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१ र सोमबार ५३५ कोरोना संक्रमित थपिएका थिए ।  

देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि २ हजार २ सय २४  जना डिस्चार्ज भएका छन्। 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ७६ डिस्चार्ज भएका छन् । जसमा ८  महिला र ६८ पुरुष रहेका छन् । 

यस्तै आज थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै २४ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ८६ हजार ३६६  जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ७१  हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ४ हजार ९९५  जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ८५ हजार ८१३  मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार ८५१ कोरोना संक्रमितहरु रहेका छन् । 

प्रकाशित मिति: : 2020-06-23 16:25:45

प्रतिकृया दिनुहोस्