जुम्ला खलंगामा अनिश्चितकालिन निषेधाज्ञा 

जुम्लाकाे खलंगामा अनिश्चित कालिन निषेधाज्ञा गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमा काेराेना देखिएपछि संक्रमण समुदायमा फैलिन नदिन  यस्ताे निर्णय गरिएकाे हाे।

मंगलबार राति प्रतिष्ठानका चार स्वास्थ्यकर्मी सहित ८ जनामा कोराना संक्रमण देखिएको छ। स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरका भए पनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न रहेकाे प्रतिष्ठानले जनाएको छ। 

८ जना मध्ये दुई जना महिला रहेका छन्। थप जोखिम बढ्ने भन्दै अस्पतालले समेत अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ।

बुधबार कोभिड कमाण्ड नियन्त्रण समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार असार १० गते ३ बजेदेखी निषेधाआज्ञा जारी गरिएको प्रजिअ भुपेन्द्र थापाले जानकारी दिए। 

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदि सहितका चार किल्ला उल्लेख छ।

जुम्लामा कुल संक्रमण

प्रकाशित मिति: : 2020-06-24 19:10:49

प्रतिकृया दिनुहोस्