भारतसँग बैठक टरेको टर्‍यै

सुरेन्द्र काफ्ले

नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्।

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको प्राथमिकता र निरन्तरतामा नपरेको बताए। ‘नेपालकै कमजोरीका कारण यो संयन्त्रको बैठक बस्न नसकेको हो’, उनले भने, ‘अन्य विषयमा सचिवस्तरका संयन्त्रका धेरै बैठक भए तर सीमा विषयमा एउटा पनि बैठक भएन।’

अन्य बैठकमा सीमा एजेन्डा घुसाउन सक्नुपर्नेमा त्यो हुन नसकेको उनको बुझाइ छ। ‘हामी वार्ता गरौं भनेर लागेनौं’, उनले भने, ‘अरू विषयमा भएका बैठकमा सीमाको एजेन्डा घुसाउन सकेनौं। मेरो अनुभवमा सीमाको विषय कहिल्यै उठेन।’ भारतले सीमाका विषयमा नेपालसँग छलफल गर्न नचाहेको आफूले पाएको उनको बुझाइ छ।

प्रकाशित मिति: : 2020-06-26 07:49:33

प्रतिकृया दिनुहोस्