परालको आगो

हुर्र हुर्कियो
धप्प निभ्छकि भन्दाभन्दै
क्षणभरमै,हेर्दा हेर्दै
वरिपरि जे जे भेट्यो 
निल्दै गयो
उडेर ज्वालाले भेटे सम्म
बगैंचा जलायो,वन जलायो
घर जलायो
परिवारले बनेको घर .....

दम्पतिको घरवार संगै
आफन्त जलायो
माईती अनि ससुरालि जलायो
व्यक्ति जलायो
अभिव्यक्ति जलायो
जल्नु सम्म जलायो
खरानी बनायो
बाहिरको आगो त निभ्यो,सबै जलि सके पछि
तर
मन भने जलिरह्यो.......॥

प्रकाशित मिति: : 2020-06-27 17:38:00

प्रतिकृया दिनुहोस्