सलह नियन्त्रण गर्न दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस, किसान आफैंले थाल र बाजा बजाउनुपर्ने

 कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई विज्ञहरुले सलह राेकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका छन्। 

कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सराेकारवाला निकायका अधिकारी र  सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जान सुझाव दिएका हुन्।

‘छलफलमा सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने। प्रदेशले स्थानीय निकायलाई जानकारी गराउने निर्णय भयो,’ बैठकमा सहभागी कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माले भने।

उनका अनुसार बढी झुन्ड देखिएको ठाउँमा दमकल, ड्रोनको प्रयोग लगायत खोजी गर्ने निर्णय भएकाे छ। ‘बढी झुन्ड देखिएको ठाउँमा भोलि/पर्सि नै दमकलबाट विषादी छर्न पर्छ। सोही अनुसार सिफारिस गरेका छौं’, उनले भने। 

यीबाहेक थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने उनले बताए। 
 

प्रकाशित मिति: : 2020-06-28 14:22:17

प्रतिकृया दिनुहोस्