पर्खालभित्रका बाबालाई घर लैजान आतुर बालबालिका

भारतका विभिन्न शहरबाट डडेल्धुरामा पाँच हजार बढी मानिस भित्रिएका थिए । उनीहरूमध्ये  ११ सय ३७ जना अझै पनि क्वारेन्टाइनमा छन् ।  यीमध्ये धेरैजना क्वारेन्टाइनमा बसेको तीन साता पुग्न लागेको छ । तर पनि पीसीआर रिपार्ट आएको छैन ।

आरडिटी पोजिटिभ आउँदा झमेलामा परेको भारतको बैङ्लोर शहरबाट आएका गोपाल कठायत भन्छन्, 'पीसीआर रिपोर्ट दुई हप्ताभन्दा बढी समय कुर्दा  पनि आएन । कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउँदा रिपोर्टमा ढिलाइ भएको स्वास्थ्यकर्मी बताउँछन् ।'

गौरिफण्डा नाकाबाट सोझै क्वारेन्टाइन पुगेका मानिस आफ्नै देश पनि विदेश जस्तै लाग्न थालेको बताउँछन् । कोरोना महामारीको डरले घरपरिवार र छोराछोरीको मुखसमेत देख्न नपाउँदा नैराश्यता आउने क्वारेन्टाइनमा रहेकाको भनाइ छ  ।  क्वारेन्टाइनमा बसेकाका जाहान परिवारका र छोरा छोरी पनि बाबा कहिले घर आउलान् भनेर बाटो कुरिरहेका छन् । 

प्रकाशित मिति: : 2020-06-28 15:50:18

प्रतिकृया दिनुहोस्