नेपाललाई उपेक्षापूर्ण दृष्टिले हेर्नु भारतीय सत्ताको कमजोरी हो : भारतीय सुरक्षाविज्ञ निहार नायक [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

जवाहरलाल नेहरू विश्वविद्याललयबाट विद्यावारिधि गरेका निहार नायक पूर्वी-हिमाली क्षेत्रको राजनीतिका विषयमा विशेष दख्खल राख्छन्। समग्र दक्षिण एसियाली क्षेत्रको सुरक्षा चुनौतीका विषयका जानकार उनको नेपाल-भारत सम्बन्धका विभिन्न आयामका विषयमा गहन अध्ययन छ। हाल उनी भारत सरकार रक्षा मन्त्रालय अन्तर्गत सञ्चालन हुने रक्षा र सुरक्षा विश्लेषण संस्था (आइडिएसए)मा अनुसन्धानकर्ताका रुपमा कार्यरत छन्।  दिल्लीमा रहेका नायकसँग नेपाल लाइभका लागि परीक्षा सापकोटाले गरेको भर्चुअल अन्तर्वार्ताको सम्पादित अंश:

सुरुवाती चरणबाटै तपाईं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेक पहिलो नीति’को प्रशंसक हुनुहुन्छ। अनी समृद्ध दक्षिण एसियाको वकालत गर्दै आउनु भएको छ। तर, पछिल्लो समयमा  छिमेकी देशहरुसँग भारतको सीमा विवाद बढ्दै गएका बेला मोदीको ‘छिमेक पहिलो नीति’लाई कसरी लिनुहुन्छ? 
सन् २०१४ मा पहिलोपटक नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि भुटानबाट विदेश यात्रा शुरु गर्नु भएको थियो। मेरो जानकारीमा आएअनुसार उहाँको पहिलो विदेश भ्रमण नेपालबाट शुरु हुने तय भएको थियो। नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला अस्वस्थ हुनु भएकाले अन्तिम समयमा प्रधानमन्त्री मोदीको विदेश भ्रमण भुटानबाट सुरु भयो। 

प्रकाशित मिति: : 2020-06-28 20:57:37

प्रतिकृया दिनुहोस्