विद्युत विधेयकमाथि निजी क्षेत्रको चिन्ता-‘सरकारले आयोजनाका अनुमतिपत्र खोस्न खोज्यो’

नेपाल लाइभ

काठमाडौँ

हेमन्त जोशी

‘विद्युतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६’ ले जलविद्युत क्षेत्रमा स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नुको साटो समस्यामा पार्न खोजेको देखिएको छ। 

निजी क्षेत्रका लगानीकर्ता जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिपत्रका लागि विधेयकमा गरिएको प्रतिस्पर्धा र समयसीमासम्बन्धी व्यवस्थामा सरकारको खराब नियत देखिएको बताउन थालेका छन्। आयोजनाको सर्वेक्षण एउटा कम्पनीले गर्ने (वा गरिसकेको) तर उत्पादनको अनुमति भने अर्कै कम्पनीले पाउन सक्ने भएपछि उनीहरु विधेयकसँग सशंकित भएका हुन्। 

प्रकाशित मिति: : 2020-06-29 08:53:59

प्रतिकृया दिनुहोस्