मुटुको नियमित परीक्षणका लागि प्रधानमन्त्री ओली गंगालालमा

प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल अस्पताल पुगेका छन्। केहीबेरअघि उनी मुटुको नियमित परीक्षणका लागि अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्। मुटुमा केही समस्या भएपछि उनी गंगालाल अस्पतालमा गएका हुन्। गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहेका ओलीलाई धपेडी भइरहेको थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो। उनी कुनै समस्या भएर अस्पताल गएका होइनन्। यो नियमित चेकजाँच हो। भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या नभएको  थापाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-01 17:38:25

प्रतिकृया दिनुहोस्