रेमिट्यान्समा लोभिँदै सरकार : श्रमिकलाई अप्ठ्यारो पर्दा उद्धारमा ढिलाइ, विदेश पठाउनै हतार

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

झापाका मिलन राई कतारमा गत ५ महिनादेखि रोजगारी गुमाएर अलपत्र छन्। उनी साथीहरूसँग सापटी मागेर प्रदेशमा परान धानिरहेका छन्। उनको स्वदेश फर्कने पालो आएको छैन।

‘मसँग साथमा एकजोर कपडा बाहेक केही छैन, घरमा श्रीमती साह्रै बिरामी छिन्। घर जान्छु भनेर दूतावासमा नाम लेखाएँ। घर जाने लिस्टमा नाम परेको छ। तर, पालो आएन,’ मिलन सुनाउँछन्। आफूहरूले कमाउने बेलामा रेमिट्यान्सको आश गर्ने सरकारले दुःख पर्दा बेवास्ता गरेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-07-03 08:52:39

प्रतिकृया दिनुहोस्