फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले दिए राजीनामा

फ्रान्सका प्रधानमन्त्री एडवर्ड फिलिपले राजीनामा दिएका छन्। आफ्नाे पाँच  पाँच वर्षे कार्यकालमा पूरा गर्नु अगाडि नै उनले राजीनामा दिएका हुन्। 

राष्ट्रपति कार्यालय एलिसी प्यालेसका अनुसार प्रधानमन्त्री फिलिपले बुझाएको राजीनामा पत्र राष्ट्रपति इम्यानुयल म्याक्रोंले स्वीकृत गरिसकेका छन्।

उनले राजीनामाको कारण भने खुलाइएको छैन। 

सन् २०१७मा म्याक्रोंले राष्ट्रपतिको चुनाव जितेपछि ४९ वर्षीय फिलिप प्रधानमन्त्री भएका थिए। 

केही समयमै नयाँ प्रधानमन्त्री नियुक्त हुने एलिसी प्यालेसले बताएको छ। नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म फिलिपले नै अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गर्ने छन्।
 

प्रकाशित मिति: : 2020-07-03 16:31:42

प्रतिकृया दिनुहोस्