सेवा

 (रूपमाली छन्द) (नयाँ छन्द प्रयोग)

विष्णु पन्थी

याँगौं , म्यान्मा

सेवा गर्ने बानी राम्रो हो 

गर्ने जिम्मेवारी हाम्रो हो

मिल्दा मौका गर्नू आफैंले

आशा छाडी सेवाभावैले

 

सेवाभावी बन्नै पर्ने हो

दुःखी'रूको सेवा गर्ने हो 

सेवागर्ने बानी पारे है

आनीबानी धेरै खारे है

 

रोगी'रूको पीडा हर्ने हो

मेवा फल्ने बीजा छर्ने हो

सेवा नै हो बीजा मेवाको

आम्दानी हो मीठो सेवाको

प्रकाशित मिति: : 2020-07-04 20:32:47

प्रतिकृया दिनुहोस्