श्रीलंकाका ब्याट्सम्यान मेन्डिस पक्राउ

श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसलाई एक वृद्ध ब्यक्तिको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

उनले चलाएको कारको ठक्करबाट आइतबार एक वृद्धको मृत्यु भएपछि श्रीलंकन प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटना कोलोम्बोबाट दक्षिणतर्फ पानादुरामा ६४ वर्षे साइकल चलाइरहेकन वृद्धलाई मेन्डिसको कारले ठक्कर दिएको हाे। 

दुर्घटनामा मृत्यु हुने नागरिक त्यहाँकै स्थानीय बासिन्दा हुन्।

यो घटनामा ती वृद्धको घटनास्थलमै मृत्यु भएको तर दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल पुर्‍याउनुको सट्टा कुशल घटनास्थलबाट भागेको प्रहरीको आरोप छ। 

पक्राउपछि मेन्डिसको मेडिकल जाँच गरेर उनलाई अदालतमा उपस्थिति गराउने तयारी भइरहेको श्रीलंकन मिडियाले जनाएको छ।

२५ वर्षे मेन्डिस श्रीलंकाका विकेट किपर तथा ब्याट्सम्यान हुन्। उनले श्रीलंकाका लागि ४४ टेस्ट, ७६ ओडीआई र २६ टी२० क्रिकेट खेलेका छन्।

कोरोनापछि सुरु हुन लागेको श्रीलंकाको ट्रेनिङ क्याम्पमा पनि उनको नाम समावेश थियो। जुलाईमा श्रीलंकाले भारतसँग घरेलु श्रृंखला खेल्दै छ।

प्रकाशित मिति: : 2020-07-05 13:26:29

प्रतिकृया दिनुहोस्