हेजलउडले भने– विराट ब्याटिङ गर्दा झगडा गर्न मन पराउँछन्

भारतको अस्ट्रेलिया भ्रमण अगाडि पुनः विवादलाई चरममा पुर्‍याउने खेल सुरु भएको छ। ११ अक्टुबरदेखि भारत र अस्ट्रेलियाबीच क्रिकेट शृंखला सुरु हुँदैछ। भारतले अस्ट्रेलिया भ्रमणमा ३ टि–२०, ४ टेस्ट र ३ एकदिवसीय शृंखला खेल्दैछ। 

शृंखलाभन्दा अगाडि अस्ट्रेलियाका तीब्र बलर जोस हेजलउडले ब्याटिङका लागि भारतीय कप्तान विराट कोहली झगडा गर्न रुचाउँछन् भन्दै विवादलाई नयाँ चरणमा लैजन खोजेका छन्। शृंखलाभन्दा अगाडि अस्ट्रेलियाका खेलाडीले आफ्ना खेलाडीलाई भड्काउन थालेको भन्दै भारतीय क्रिकेट बोर्डले असन्तुष्टी प्रकट गरेको छ। 

दुई देशबीच ११ अक्टुबरमा पहिलो टि–२० हुनेछ। १८ अक्टुबरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामै आयोजना हुने टि–२० विश्व कपमा पनि भारत समावेश हुनेछ। लगत्तै भारतले ३ डिसेम्बरदेखि ४ टेस्ट र १२ जनवरीदेखि ३ एकदिवसीय शृंखलामा भाग लिनेछ। 

हेजलउडले स्टार स्पाेर्टससँगको अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ, खेलाडीहरु सिधै एकआपसमा झगडा गर्नबाट जोगिने गरेका छन् तर कोहली ब्याटिङ गरिरहेको बेला झगडा गर्न मन पराउँछन्। सम्भवत यसले उनको प्रदर्शन राम्रो हुन्छ कि? मेरो बलरहरुलाई सल्लाह छ, विराटसँग बित्थामा झगडा गर्न लागेर केही फाइदा छैन।’

भारतले एडिलेडमा आफ्नो दोस्रो तथा विदेशी भूमिमा पहिलो दिवा–रात्री टेस्ट खेल्दैछ। यो ११ डिसेम्बरमा सुरु हुनेछ। भारतले पहिलो दिवा–रात्री टेस्ट बंग्लादेशविरुद्ध २२ नोभेम्बर २०१९ मा कोलकातामा खेलिसकेको छ। 

भारत–अस्ट्रेलियाबीच २६ डिसेम्बर बक्सिङ डेको दिन मेलबर्नमा अर्को टेस्ट हुनेछ र ३ जनवरीमा सिड्नीमा तेस्रो टेस्ट खेल्ने छ।
 

प्रकाशित मिति: : 2020-07-06 08:56:54

प्रतिकृया दिनुहोस्