सरकारकाे बाेलि फेरियाे, कक्षा ११ परीक्षा विद्यालय तहमै गर्ने निर्णय

सरकारले यस बर्ष कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ। गत असार १९ गते बसेको परिषदको बैठकले यस्तो निर्णय गरेको शिक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि शुक्रबार बसेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम तथा विकास तथा मुल्यांकन परिषदको बैठकले  आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेकाे थियाे। तर ३ दिनपछि सरकारले बाेलि फेरेकाे हाे

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले शुक्रबार सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीलाई कसरी नम्बर दिने भन्ने कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको जानकारी गराएका थिए।

तर याे कुरा सरकारले फेरेकाे छ। मन्त्रालयका अनुसार अब कक्षा ११ को परीक्षा विद्यालय तहमै सञ्चालन, व्यवस्थापन र प्रमाणिकरण गरिने छ। 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो।

निर्देशक भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ। कोरोना महामारी कम भएपछि उक्त परीक्षा हुनेछ।

त्यस्तै मन्त्रालयले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुको सिकाई निरन्तरताका लागि उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप २०७७ स्वीकृत गरी आवाश्क कार्याथ विश्व विद्यालय अनुदान आयोगमा पठाइसकेको पनि जनाएको छ। 

आयोगले पनि उक्त प्रारुपलाई निर्देशिकाको रुपमा विश्वविद्यालयले कार्यान्वयनको लागि जारी गरिसकेको मन्त्रालयले जनाएको छ। 

जुन प्रारुपले परम्परागत औपचारिक पद्धतिद्धारा सञ्चालन भइरहेका विश्वविद्यालय तथा उच्च शिक्षाका पठनपाठन, अनुसन्धान परीक्षा र मुल्यांकनका सम्बनधमा कोभिड १९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त सान्र्दभिक व्यवस्था गरेको जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-07-06 16:54:18

प्रतिकृया दिनुहोस्