प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै

मंगलबार अपरान्ह मन्त्रिपरिषद बैठक बस्दैछ। ४ बजे बाेलाइएकाे बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनाेट गर्ने छ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन्। उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन्।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन्।

यता प्रहरी प्रधान कार्यालय, नक्सालले आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ। सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको छ।
 

प्रकाशित मिति: : 2020-07-07 10:00:31

प्रतिकृया दिनुहोस्