सुशान्त आत्महत्या प्रकरण: अपार्टमेन्टकाे सीसीटीभी फुटेजमाथि अनुसन्धान थालियाे

बलिउड अभिनेता सुशान्त सिंह राजपूतकाे छानबिनमा एक नयाँ तथ्य फेला परेकाे छ।

प्रहरीका अनुसार सुशान्तको घरमा कुनै सीसीटीभी क्यामेरा जडान गरिएको थिएन। यद्यपि प्रहरीले सुशान्त बस्ने गरेकाे अपार्टमेन्टकाे सीसीटीभी फुटेजलाई नियन्त्रणमा लिएकाे छ।

सीसीटीभी फुजेटकाे मद्दतमा यस घटनाको छानबिन गरिनेछ। सुशान्तको आत्महत्याको कारण पत्ता लगाउन प्रहरी हरेक कोणबाट अनुसन्धान गरिरहेको छ। 

यस क्रममा चलचित्रकर्मी, सुशान्तका घनिष्ठ मित्रर परिवारका सदस्यहरूसँग साेध्पुच्छ गरिएकाे छ। 

सुशान्तकाे आत्महत्या प्रकरणमा हालसम्म ३४ जनाकाे बयान लिइएकाे छ।

प्रकाशित मिति: : 2020-07-07 17:32:02

प्रतिकृया दिनुहोस्