सुशान्त राजपूतपछि कन्नडका एक कलाकारद्धारा आत्महत्या

सुशान्त सिंह राजपूतको आत्महत्याको घटना सेलाउन नपाउँदै कन्नडका एक कलाकारले पनि आत्महत्या गरेका छन्। सुशील गोवडा नाम गरेका ३० वर्षीय टिभी कलाकारले कर्नाटकास्थित मांड्याको आफ्नो घरमा आत्महत्या गरेका हुन्। 

उनले किन आत्महत्या गरे? यसको विषयमा कुनै जानकारी बाहिर आएको छैन। उनी टिभी सो अन्थापुरामा प्रमुख भूमिका निर्वाह गरिरहेका थिए। उनको निधनले दक्षिण भारतको फिल्मी उद्योग स्तब्ध भएको छ। 

सुशीलको पहिलो फिल्म ‘सालगा’ रिलिजको तयारीमा थियो। जसमा उनी पुलिस अधिकारीको भूमिकामा देखा पर्दैथिए। यो फिल्ममार्फत निर्देशक दुनिया विजय फिल्ममा डेब्यु गर्दै थिए।

सुशीलको निधनलाई लिएर अन्थापुराका निर्देशक अरविन्द कौशिकले फेसबुकमा भनेका छन्, ‘निकै दुःखद खबर। सुशील गोवडा रहेनन्। उनको आत्माले शान्ति पाओस्।’

दुनियाँ विजयले पनि उनमा हिरो बन्ने क्षमता भएको बताएका छन्। फिल्म रिलिज हुनुभन्दा अगाडि नै आत्महत्या गरेको खबरले आफू स्तब्ध भएको विजयको भनाई थियो।

प्रकाशित मिति: : 2020-07-09 05:52:15

प्रतिकृया दिनुहोस्