इस्तानबुलमा १० जना शंकास्पद इस्लामिक लडाकू गिरफ्तार

 टर्कीको प्रहरीले इस्लामिक स्टेट (आइएस) विद्रोही समूहसँग आबद्ध रहेको आशंकामा १० जना विदेशी नागरिकलाई प्रक्राउ गरेको छ। 

इस्तानबुलको प्रहरीको प्रतिआतंकवादी इकाईले शहरका विभिन्न १४ ठाउँमा छापा मारेर ती शंकास्पद व्यक्ति पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिले सामाजिक संजालबाट इस्लामिक स्टेटका बारेमा संगठनात्मक जानकारीहरु प्रवाह गरेका थिए।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुका साथबाट पिस्तोल र वायरलेस संचार साधन पनि बरामद गरेको जनाएको छ। प्रहरीले पछिल्ला दिनहरुमा इस्तानबुलमा इस्लामिक स्टेटका लडाकू लुकेर बसेका सम्भावित ठाउँमा निरन्तर छापा मारिरहेको छ। 

गत साता विदेशी सहित १७ जना शंकास्पद व्यक्ति गिरफ्तार भएका थिए। यी व्यक्तिको आइएस समूहसँग आबद्धता रहेको आशंका गरिएको थियो। टर्कीमा केही वर्षदेखि भइरहेका घातक आक्रमणमा आइएस समूहको संलग्नता रहेको पुष्टि भएका थिए। यी घटनामा ३०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। 

प्रकाशित मिति: : 2020-07-09 18:32:27

प्रतिकृया दिनुहोस्