भारतीय क्रिकेट बोर्डले हटायो आफ्नो सीइओ

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आफ्नो सीइओ राहुल जौहरीलाई पदबाट बर्खास्त गरेको छ। उनको कार्य अवधि यसै वर्ष ३० अप्रिलमा बढाइएको थियो। तर, बिहीबार अचानक उनलाई छुट्टि दिने निर्णय बीसीसीआईले गर्यो। 

उनी माथि महत्वपूर्ण कागजपत्र लीक गरेको आरोप थियो। यसैको दबाबका कारण उनले २७ डिसेम्बरमै पदबाट राजीनामा गरेका थिए। तर, बीसीसीआईले उनको राजीनामा अस्विकृति गर्दै कार्यकाल थप गर्ने निर्णय गर्यो। बिहीबार अचानक उनको पुरानो राजीनामा स्विकृति भएको खबर आएपछि सबै चकित परेका थिए। 

जौहरीविरूद्ध बोर्डको ईमेलको गोप्य जानकारी लीक गरेको आरोप थियो। उनीमाथि क्रिकेट अस्ट्रेलियाका हेड एर्ल एडिङ्ग्सको टि–२० विश्व कपसँग जोडिएको ईमेल तथा केग प्रतिनिधि अल्का रेहानीसँग जोडिएको खबर लीक गरेको आरोप थियो। 

उनी २०१६ मा सिइओ नियुक्त भएका थिए। तर, बोर्डमा सौरभ गागुलीको प्रवेशसँगै उनले पदबाट राजीनामा गरेका थिए। उनलाई सम्झौंता समाप्त नहुँदासम्म काम गर्न भनिएको थियो। 

सीइओको रूपमा उनको कार्यकाल २०२१ को फेब्रुअरीसम्म छ। गागुलीले बोर्डको जिम्मेवारी पाएपछि जौहरी फुर्सदिलो भएका थिए। उनको काम सचिव जय शाहले हेर्दै आइरहेका थिए। उनको कार्यकाल विवादास्पद बनेको थियो। उनीविरूद्ध यौन शोषणको आरोप पनि लागेको थियो।

प्रकाशित मिति: : 2020-07-10 07:54:31

प्रतिकृया दिनुहोस्